वराहक्षेत्र । चतराको सरोबर बचत तथा ऋण सहकारी संस्थाले पौने २ करोड रुपैंया बराबर कारोवार गर्दै करिव १ करोड ३३ लाख रुपैंया बचत संकलन गरेको छ ।

संस्थाको आज भएको तेश्रो साधारण सभामा, वित्तिय प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रोशन श्रेष्ठले ,आर्थिक वर्ष २०७५/७६ मा संस्थाको आय व्यय १ करोड ८४ लाख ६२ हजार १ सय ७१ रुपैंया ४१ पैंसा रहेको र १ करोड ३२ लाख १५ हजार २ सय ८५ रपैंया ६७ पैंसाको निक्षेप बचत संकलन भएको बताए ।

संस्थाले आजै रोशन श्रेष्ठलाई अध्यक्षमा तेश्रो पटक चुनाव गर्दै , अधिकांश पुरानै सदस्य रहने गरि निर्विरोध ७ सदस्य सन्चालक समिति पुर्न गठन गरेको ,अध्इक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वराहक्षेत्र नगरपालिका वाडए नम्बर २ का अध्यक्ष हरिकृष्ण भट्टराईले शेयर सदस्यहरुले,धेरै संस्थामा वाट ऋण लिएर जथाभावी खर्च गर्नुभन्दा एउटा संस्था वाट लिएको ऋण उत्पादन मुलक कार्यमा खर्चिनु पर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथिहरु ,ओम कुमार शर्मा, गोकुल गुरागाई, पुष्पदिप पौडेल र गणेश विरहीले संस्थाका उत्कृष्ट, असक्त र जेष्ठ शेयर सदस्यलाई सम्मान गरेका थिए ।

वराहक्षेत्र नगरपालिका वडा नम्बर १ र २ कार्यक्षेत्र बनाई,२०७२ सालमा स्थापना भएको सरोबर बचत तथा ऋण सहकारी सस्थाको ३ हजार ५ सय सदस्य रहेका छन् ।