फिल्म र म्युजिक भिडियोमा चलेका अभिनेता/अभिनेत्री पल शाह र वर्षा राउतले थारु गीतको भिडियोमा अभिनय गरेका छन् ।

गायक नरेश जोगी र गायिका कामना प्रसाईको ‘पहाडी बठिनीया’ बोलको थारु गीतमा उनीहरूले अभिनय गरेका हुन् । नरेशकै शब्द र सङ्गीत रहेको यो गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् । अर्जुन तिवारीले छायाङ्कन गरेको भिडियो माघअघि नै सार्वजनिक गरिने बताइएको छ ।