सरकारले सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भिœयाउने लक्ष्यका साथ भ्रमण वर्ष शुरुवात भइरह“दा पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार तथा भौतिक संचरनाकै कुरा मुख्य रूपमा आउ“छ । त्यससँगै सडक पहु“च, होटल, पर्यटनमैत्री व्यवहारलगायत मूलभूत रूपमा पर्दछन् । २२ वर्षपछि भ्रमण वर्षले नेपालमा फेरि एकपटक निरन्तरता पाएको छ । सन् १९९८ मा भ्रमण वर्षको रूपमा नेपालले पर्यटकलाई आकर्षित गरेको थियो । २२ वर्षपछि भएको यो भ्रमण वर्षबारे दमक र मधुमल्लाका पर्यटन व्यवसायीहरू यसो भन्छन् :

राजन दङ्गाल (अध्यक्ष) होटल व्यवसायी सङ्घ माईपश्चिम झापा
भ्रमण वर्ष २०२० नेपालको पहिचानसँग जोडिएको एउटा अभियान हो । यो अभियान सरकारको इज्जत र प्रतिष्ठासँग जोडिएको छ । त्यसैले अभियानलाई सफल बनाउनु सरकारका सबै निकाय र नागरिक स्तरबाट पनि उत्तिकै जिम्मेवार भएर लाग्नुको विकल्प छैन । हामीले अहिले एकमुष्ट पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिरहेका छौं । जसमा ठूलो धनराशिसहित समय समेत खर्च गरिरहेका छौं । तर, यसो गर्दा हाम्रो धन र समयमात्र खर्च हुने जस्तो मेलै चाहिँ देखेको छु । यसका लागि अब हामीले कुनै ठाउँको कुन स्थानलाई चाहिँ कति महŒवका साथ प्रवद्र्धन गर्ने भन्नेबारेमा सचेत हुनुपर्ने रहेछ । जस्तैः इलाममा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नुप¥यो भने हामीले इलामको कुन स्थानलाई महŒवका साथ प्रवद्र्धन गर्ने त्यसैलाई ताकेर त्यही प्रवद्र्धनले त्यस आसपासका अन्य पर्यटकीय स्थानको पनि प्रवद्र्धन हुन सकोस् । साथै हामी अहिले देश पुनः निर्माणका क्रममा पनि रहेका छौ । पुनः निर्माणले गर्दा हाम्रा पर्यटकीय स्थलसम्म पुग्नका लागि पर्यटकलाई सास्ती पनि भइरहेको छ । यो कुरालाई कसरी व्यवस्थित गर्ने भन्नेबारेमा नसोच्ने हो भने हाम्रो भ्रमण वर्ष २०२० को लक्ष्य पूरा हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन ।

ख्याम सिटौला (अध्यक्ष, जामुनबारी सिमसार संक्षरक्षण समिति)
यो सरकारी अभियान हो । सरकारी अभियान सफल पार्ने सबैभन्दा पहिलो दायित्व चाहिँ सरकारकै हो । तर, केन्द्र र प्रदेश सरकार जति तदाारूकताका साथ लागि परेको छन् त्यही मात्रामा स्थानीय तह चाहिँ जिम्मेवार नभएको जस्तो भान भएको छ । कतिपय स्थानीय तहले भ्रमण वर्ष २०२० सफल बनाउनु आफ्नो दायित्व नै होइन भन्ने झैँ गरेका छन् । पर्यटन प्रवद्र्धन सम्बन्धी कुनै कार्यक्रम र बजेटसमेत विनियोजन नै गरेका छैनन् । केन्द्रीय सरकारको अभियान केन्द्रीय सरकार एक्लैले पूरा गर्नुपर्छ भन्ने खालको प्रतिक्रिया समेत दिएको देखिन्छ । यस्तो सोच सरकारको अभियानका लागि घातक बन्न सक्छ । त्यसैले सरकारले स्थानीय सरकारलाई पनि कसरी परिचालन गर्ने भन्नेबारे योजना पनि बनाउनुपर्छ । अनि पर्यटन क्षेत्रमा काम गरिरहेकाहरूसँग पर्याप्त मात्रामा छलफल समेत गर्नुपर्छ ।सरकारले वर्षौदेखि पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्नेहरूसँग उचित मात्रामा छलफल गरेको छैन । सरकारले बनाएका समितिहरू पनि प्रभावकारी रूपमा परिचालन नभएको आभास भइरहेको छ ।

रुद्र भण्डारी (अभियन्ता) साहित्यकार तथा मिक्लाजुङ क्षेत्र पर्यटन प्रवद्र्धन)
पर्यटन विकासले राष्ट्रिय अर्थतन्त्रमा मजबुत पार्ने मात्र होइन राष्ट्रलाई अन्तर्राष्ट्रिय समुदाय माझ चिनाउन सक्ने एउटा उपयुक्त अवसर पनि हो । हाम्रो देश विविधताले भरिपूर्ण छ । धार्मिक, ऐतिहासिक, सांस्कृतिक, सामाजिक विषयवस्तुहरू हाम्रा सम्पदा हुन् । मिक्लाजुङ गाउँपालिकामा पनि विभिन्न प्रकारका पर्यटकीय क्षेत्रहरू छन् । भ्रमण वर्ष सफल पार्न मिक्लाजुङको डब्लुहील पहाड, बुद्धटार नुनसरी राजारानी, कुइनेटार, चुलीपोखरी, गौंथलीभीरलगायत क्षेत्रमा पर्यटकलाई ल्याउन सकिन्छ । सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सहयोग गर्न मिक्लाजुङका पर्यटकीय क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भि†याउन पहल गरिरहेका छौं ।

दीपक कार्की (अध्यक्ष गौरादह, ऐतिहासिक पोखरी संरक्षण समिति)
भ्रमण वर्ष २०२० ले नेपालीहरूमा एउटा उत्साह थपेको छ । सबै क्षेत्रका नागरिक आफ्ना ठाउँमा भएका स्थानहरूको पनि यसले प्रवद्र्धन गराउन मद्दत पु¥याइरहेको जस्तो छ । नागरिकले यसलाई एउटा पर्वका रूपमा लिन आवश्यक छ । यसलाई विदेशमा कसरी पु¥याउने भन्नेबारेमा चाहिँ सरकारको संयन्त्रले सोच्नुपर्छ । योजना बनाएर ती सम्भावित ठाउँहरूको छनौट गराएर विशेष प्रवद्र्धन गरिने गरी काम गर्नुपर्छ । यद्यपि जे होस् भ्रमण वर्ष २०२० नेपालीहरूका लागि एउटा उत्सव हो । यसले पर्यटन प्रवद्र्धनमा एउटा जागरण ल्याएको छ ।

राजेन्द्र ढकाल (व्यावसायी)
प्रदेश १ ले भ्रमण वर्ष २०२० लाई टारगेट गरेर ५ लाख पर्यटक भि†याउने योजना अगाडि सारेको छ । यो लक्ष्यलाई सार्थकता दिन हरेक स्थानीय तहले ठोस कार्यक्रम बनाएर लानुपर्ने हुन्छ । मोरङको मिक्लाजुङ जस्तो तराई र पहाड दुवै भएकाले यहाँका पर्यटकीय क्षेत्रहरूको विकास गर्दै पर्यटक तान्न हरसम्भव प्रयास गरिनुपर्छ । पर्यटकका लागि सुरक्षा व्यवस्थासमेत मजबुत बनाउनुपर्छ । रमिते प्याराग्ल्याडिङलाई संस्थागत तरिकाले सञ्चालन गर्नुपर्छ । कुइनेटार–चुलीपोखरी पदमार्गलाई रकम थपेर चाँडै निर्माण कार्य सम्पन्न गरिनुपर्छ । भ्रमण वर्षलाई सफल बनाउने ठोस कार्यक्रम ल्याउन स्थानीय होटल तथा व्यावसायीहरूसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ ।

रुद्र गौतम (टुर्स एण्ड ट्राभल व्यवसायी)
भ्रमण वर्ष २०२० नेपालको समृद्धिको मुख्य आधार हो । यसलाई सरकारले समेत पर्यटनबाट नेपालको कुल आम्दानीमा १० प्रतिशत योगदान गर्ने लक्ष्य लिएको छ । यो लक्ष्यमा पुग्न सरकार एक्लैको प्रयासले भने चाहिँ पक्कै हुँदैन । देश समृद्धिमा जानु भनेको हामी देशबासीको जीवनस्तर उक्सनु पनि हो । त्यसैले हामीले नागरिक तहबाट पनि यसको सफलताका लागि विभिन्न काम र जिम्मेवारी पूरा गर्न चाहिँ पर्छ नै । यसका लागि सरकाले पर्यटन प्रवद्र्धन र पेशा नै पर्यटक बनाएर बसेका हामीहरूसँग साथ र सहकार्य गर्नु जरुरी छ । हामीले हाम्रो तहबाट नेपालको प्राकृतिक दृश्य र सौन्दर्यलाई सकेसम्म विदेशमा बेचिरहेका छौं । हाम्रो पहलमा केही विदेशी पर्यटक आएका पनि छन् तर अझै पनि हामीले हाम्रा प्राकृतिक सौन्दर्य र ऐतिहासिक तथ्यहरूलाई प्रभावकारी रूपमा विदेशमा बेच्न सकिरहेका छैनौ । यसमा सरकार र हाम्रो दुवै पक्षको कमजोरी हो । स्थान विशेषको प्याकेज सरल रूपमा बनाएर सरकारले नै बरू मूल्य निर्धारण गरिदिने गरी व्यवस्था गर्ने हो भने पनि यसमा पर्यटक र हामीजस्ता पर्यटन व्यवसायीलाई समेत सहज हुन्थ्यो भन्ने लाग्छ ।