विराटनगर / आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश १ का उपसचिब कमल बहादुर थापाको संयोजकमा सुरक्षित यात्राका लागि सडक सुशासन कार्यदल गठन भएको छ । मन्त्रालयमा मंगलबार एक कार्यक्रमको बिच १६ सदस्यको कार्यदल गठन भएको हो ।
कार्यदलको सदस्यहरुमा भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था कार्यालय इटहरी, प्रदेश ट्राफिक कार्यालय प्रमुख, मोरङ प्रशासन, यान्त्रिक कार्यालय इटहरी, संघीय सडक डिभिजन कार्यालय मोरङ, यातायत मजदुर संघ, उपभोक्ता हकहित संरक्षण, प्रदेश पत्रकार महासंघ, हिसान, प्याब्सन तथा ऐन प्याब्सनका प्रतिनिधिहरु सदस्य छन् । गठित कार्यदलले सडक दुर्घटना सम्बन्धी मुख्य समस्याहरु पहिचान गर्ने, सडक दुर्घटना न्यूनिकरण गरिन अबलम्बन गरिनपुर्ने सुझाब दिने र सरोकारवाला निकायहरुको भुमिका सहित सुझाब कार्यान्वयन कार्ययोजना मन्त्रालयमा १० दिनभित्रमा पेश गर्ने भएको छ ।