धरान/न्यू जनकल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ करोडभन्दा माथि कारोबार गर्न सफल भएको छ ।

संस्थाको १४ औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार १६ करोड ३१ लाख ८ हजार २ रुपैयाँ बराबरको कारोबार गरेको हो । संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा ६१ लाख ६० हजार ४ सय ५ रुपैयाँ आम्दानी गर्न सफल भएको संस्थाकी सचिव विष्णुमाया लिम्बूले बताइन् । संस्थाले लक्ष्यभन्दा ७० हजार ८ सय ३८ रुपैयाँले बढी आम्दानी गर्न सफल भएका उनले बताइन् । संस्थाले शेयरबिक्रीमा लक्ष्यभन्दा कम प्रगति मात्रै हासिल गर्न सफल भएको छ ।

संस्थाले शेयर बिक्रीमा आव २०७५÷०७६ मा १० लाख २५ हजार रुपैयाँ लक्ष्य लिएकोमा २ लाख ४८ हजार रुपैयाँ मात्रै शेयर बिक्री गर्न सफल भएको हो । संस्थाले मनि ट्रान्सफर र हवाई टिकटका लागि ट्राभल्ससमेत सञ्चालनमा ल्याएको छ । सभाको अवसरमा उत्तम ऋणि महेन्द्रकुमार राई र उत्तम बचतकर्ता बिना लिम्बू सुब्बा, एक वर्षभरिको संयोजक स्वर्णीमहाङ फोम्बोलगायत बजार प्रतिनिधि, उत्कृष्ट कर्मचारीलाई पनि कदर पत्रले सम्मानित गरिएको छ ।

त्यसक्रममा हालै विद्यावारिधि प्राप्त गरेका संस्थाका कानूनी सल्लाहकार डा. कमलप्रसाद लिम्बूलाई सम्मान पत्रले सम्मानित गरिएको छ । कार्यक्रमका डिभिजन सहकारी प्रशिक्षण कार्यालय सुनसरीका निवर्तमान निमित्त प्राचार्य योगराज धमला, अध्यक्ष मनकुमारी याक्खाले सम्मान–पत्र प्रदान गरेका थिए । संस्थाकी अध्यक्ष याक्खाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

संस्थाले २०६८ सालदेखि सञ्चालन गरेको शेयर सदस्य सुरक्षण कोष र शेयर सदस्य दुर्घटना कोषलाई निरन्तरता दिएको जनाएको छ । संस्थाले आगामी वर्षसम्म २ करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा संस्थाकी पूर्वउपाध्यक्ष आशा सुब्बा, विजय मानन्धर, डा. कमलप्रसाद तिगेला, योगराज धमलालगायतले शुभकामना मन्तब्य दिएका थिए ।

IMG_20191221_120453