झापा  । शेयर सदस्यको आधारमा नेपालकै ठूलो र पुँजीको हिसावले दोस्रो झापा बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्थानीय २३ औं प्रतिनिधि छनौट तथा बार्षिक साधारणसभा गरेकोे छ ।

संस्थाले लक्ष्मीपुर सेवा केन्द्र अन्र्तगत कनकाई नगरपालिका –८ मा शुक्रवार प्रतिनिधि छनौट तथा बार्षिक साधारसभा गरेको हो ।
आर्थिक वर्ष २०७५/७६ असाढ मसान्तसम्म संस्थामा एकलाख ४३ हजार ४ सय ३५ जना शेयर सदस्य रहेका छन् भने ४ सय २९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सदस्यको हिसावले नेपालको पहिलो र पुँजीको हिसाले दोस्रो सहकारी भएको संस्थाका लक्ष्मीपुर प्रमुख उमेश भारतीले बताए ।

संस्थाका सदस्य एकराज गिरीले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदनमा आ.व.२०७५/०७६ सम्ममा संस्थाको कूलपुँजी तथा दायित्व ८ अर्व ५६ करोड ८२ लाख १९ हजार ९ सय ३४ रुपैयाँ रहेको छ । शेयरपुँजी १ अर्व २४ करोड ९६ लाख ११ हजार २ सय रहेको संस्थाको र निक्षेप ४ अर्व ६१ करोड ६३ लाख ८ हजार ४ सय १९ रुपेयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाले ६ अर्व ६५ करोड ७५ लाख ८० हजार १ सय ९३ रुपैयाँ लगानी गरेको छ भने बाह्य ऋण १ अर्व ४४ करोड ७५ लाख १० हजार ९ सय ९२ रुपैयाँ रहेको छ । त्यस्तै संस्थाले आव २०७५÷७६ सम्ममा १ अर्व ३७ करोड ३२ लाख ३१ हजार ५८ रुपैयाँ आम्दानी र १ अर्व १ करोड ५७ लाख ६४ हजार ८ सय ५५ रपैयाँ खर्च गरेर ३५ करोड ७४ लाख ६६ हजार २ सय ३ रुपैयाँ नाफा गरेको प्रतिवेदनमा छ ।

लक्ष्मीपुर सेवा केन्द्र सहयोग समिति संयोजक केदार समशेर गिरीले स्वागत गरेको कार्यक्रममा सेवाकेन्द्र तथा संस्थाको बस्तुस्थितिका बारेमा लक्ष्मीपुर प्रमुख भारतीले जानकारी दिएका थिए ।

संस्थाका उत्कृष्ट उद्यमी मिरादेवी पुरी, उत्कृष्ट बचतकर्ता मिनाकुमारी राई र उत्कृष्ट ऋणि प्रिति खवासलाई नगदसहित सम्मान गरिएको थियो भने परिवार राहत अन्र्तगत मेघराज चौहानलाई एकलाख रुपैयाँ प्रदान गरिएको थियो ।

संस्थाका कोषाध्यक्ष डम्वर देउजाले बार्षिक नीति तथा कार्यक्रम, सदस्य नेत्र नेपालले वार्षिक प्रगति प्रतिवेदन र प्रतिनिधि छनौट कार्यविधि सदस्य यशोदा प्रसाईले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा सामाजिक सुरक्षा उप समिति सदस्य टेकनाथ अधिकारीसहित संस्थाका शेयर सदस्यको उस्थिति थियो । संस्थाका लक्ष्मीपुर सहयोग समिति सदस्य लक्ष्मीप्रसाद उप्रेतीले कार्यक्रमको सञ्चालन गरेका थिए ।