दमक / झापाको दमक ८ बालुटार क्षेत्रमा आफ्नो नाममा फिल्ड बुक भएको जग्गा नेकपाको प्रदेश नं १ का सदस्य समेत रहेका दमक निवासी गगन पुरीले हडपेर भोगचलन गर्न नदिएको स्थानीयले आरोप लगएका छन् ।

स्थानीय ८३ घरपरिवार पिडीत भएको जनाएका हुन् । दमक ९ का संजिव मगरले आफ्नो बाजे बीरबहादुर र हजुरआमा बिष्णुमाया मगरको नाममा फिल्ड बुक तयार भएको ३ कठ्ठा १९ धुर जग्गा अहिले गगन पुरीले आफ्नो बनाएर भोगचलन गरेको बताए । त्यस्तै सोही क्षेत्रका मनप्रसाद लिम्बुको बुबा टेकबहादुर लिम्बुको साढे १३ कठ्ठा जग्गा समेत फिल्डबुक दर्ता भएको भएपनि अहिले भोगचलन गर्न नपाएको बताए ।
यस्तै २०३६ सालदेखि यो क्षेत्रका बसोबास गर्दै आएका तहरमान श्रेष्ठले आफ्नो ४ कठ्ठा ५ धुर जग्गा समेत हडपेको आरोप लगाए हामीसँग फिल्डबु्कको नक्सा हुँदाहुँदै पनि पुरीले बिभिन्न मान्छे लगाएर समेत धम्क्याएको गुनासो पोखे । आफ्नो जग्गा भएको स्थानमा छाप्रो समेत बनाएको थिए । तर भोली पल्ट जाँदा आगो लगाएर सखाप बनाएको गुनासो गरे । पुरीले आफुलाई तीस हजार रुपैयाँ प्रतिकठ्ठाको दरले पैसा थाप्नु समेत भनेको बताए । सोही क्षेत्रका तराबहादुर भुजेलको ४ कठ्ठा रहेको बताए ।

‘यहाँ धेरैको जग्गा यस्तै एक दुइ कठ्ठादेखि ५ कठ्ठासम्मका धेरै जग्गा छन् । यतिको प्रमाण हुँदाहु्ँदै पहुँचको भरमा पुरीले रातारात आफ्नो बनाएर हामीलाई भोगचलन गर्न दिएनन् ।’– खगेन्द्र भुजेलले भने–‘यो क्षेत्रका ८३ घरपरिवारको जग्गा पुरीले हडप गरेको आफ्ुले लिष्ट नै तयार गरेको छु ।’ सबैको फिल्ट बुक दर्ता नम्बर समेत रहेको उनले दावी गरेका छन् ।

नेकपाका नेतासमेत रहेका पुरी पछिल्लो समय जिल्ला अदालत झापाबाट सरकारी कागजपत्र किर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका छन् ।

काँग्रेसको ध्याआर्कषण

नेपाल सरकारको स्वामित्वमा रहेको दमक नगरपालिका वार्ड नं. ८ स्थित ऐलानी जग्गा व्यक्तिको नाममा दर्ता गर्न खोजिएको बिषयमा आफनो गम्भिर ध्यानाकर्षण भएको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेस क्षेत्र नम्बर ५ झापासहित प्रदेश तथा दमक नगर समितिको संयुक्त बैठकको निर्णयअनुसार अहिले देशैभरी भ्रष्टचार मौलाएको र दमकसमेत यस्तै प्रकरण सार्वजनिक भएको भन्दै स्थानीय सरकार यस्ता विषयमा गम्भिर नभएको आरोप लगाएको छ । नगरपालिकाले जनताको सरोकारको विषयमा काम गर्न नसकेको पार्टीले निकालेको विज्ञप्तिमा जनाईएको छ ।

नगरपालिकाले सरकारी जग्गा संरक्षण गर्नु पर्ने भएपनि त्यसप्रति चासो नदेखाएकोमा आपत्ति जनाउदै विज्ञप्तिमार्फत ध्यानाकर्षण गरिएको उल्लेख छ । स्थानीय सरकारले राज्यको सम्पत्ति संरक्षण गर्न अल्मलिनु नहुने कांग्रेसको प्रष्ट धारणा रहेको जनाएको छ ।
पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी ,नगर सभापति रोशन विष्ट र प्रदेश क्षेत्र ‘ख’ का सभापति पदम लिम्बुद्वारा संयुक्त हस्ताक्षारित बिज्ञप्तिमा उक्त जग्गा प्रकरणको बिषयमा सत्यतथ्य पत्ता लगाउन माग गर्दे त्यसमा आवश्यक पर्ने सहयोग गर्न पार्टी तयार रहेको पनि जनाईएको छ ।