वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका–२ को बयरवन बजारका किराना व्यापारी ईश्वर गौतम विहान पसल आएपछि ग्राहकलाई समान बेच्नुभन्दा अधिक समय पसल सफा गर्नमा खर्च गर्छन् । दिनमा दर्जनौ पटक त्यही नित्यकर्म गरेर दिन बित्छ । जसले गर्दा महिनाको दुई तीन पटक स्वास्थ्य केन्द्र धाउँछन् । उनको पसल पक्की सडकसँगै टाँसिएको छ । तर, त्यही सडक अहिले उनको लागि टाउको दुखाइको विषय बनेको छ ।
सडक बनाउने ठेकेदार कम्पनीले कालोपत्रेको काम अलपत्र बनाएपछि सवारी साधनका कारण बाटोमा उड्ने धूलोका कारण उनीझै स्थानीयले सास्ती खेप्दै आएका छन् । बयरवन बजारको जागृत चौक चल्तीको बजार हो । चौतर्फी बाटो यहीँ आएर ठोकिन्छ । ‘चौकमा पसल थापेको छु तर समान बेच्न भन्दा पनि धुलो सफा गर्नमा दिन बित्छ’ गौतम भन्छन्, ‘धुलो खाएर वाक्क भइएको छ । महिनाको दुई तीन पटक बिरामी भएर अस्पताल जाने गर्छु । म मात्र काहाँ हो र धुलोले गर्दा बिरामी भएर धेरै चोकवासी अस्पताल गइरहन्छन् ।’
बजारको करिब २ सय मिटर सडक कालोपत्रे हुन सकेको छैन । ‘के कारण हो, ठेकेदारले बिचमा नै काम रोकिदियो’–उनी थप्छन् । चौकबासीको समस्या धुलो मात्र नभएर, सडकको कारणले फोहोर पानीको निकासको लागि ड्रेन नबन्दा वर्षायाममा बर्सेनि हुने जल डुबानको समस्या पनि त्यतिकै भएको स्थानीय युवा रनधीर दाहाल बताउँछन् । साविक वराहक्षेत्रको प्रमुख व्यापारिक बजार त्यसमा पनि मुख्य जागृत चौक हो । ३, ४ वर्ष अगाडि ठेकेदार कम्पनी नागार्जुनले बिचमै सडकको काम छोडेर भद्रगोल बनाएर छोडेको उनले बताए । यसमा स्थानीय निकायले कुनै चासो दिएको छ्रैन, चौक वासी स्थानीयले सुख्खा मौसममा धूलोले दुःख पाउँछन्, भने वर्षामा चौक नै जलमग्न हुने गर्दछ । हिँडडुल गर्नसमेत गाह्रो भएर चारैतर्फको पानी आएर चोक नै डुबान बनाउँदा समेत कुनै जनप्रतिनिधि आउँदैनन् । उनले गुनासो गरे–‘सडक र डे«न नहुँदा दुर्घटनाको जोखिम समेत बढेको छ ।’
स्थानिय निकायले केही गर्ला भनेर कति पटक डेलीगेशन लिएर गयौँ तर वडाले केही गरेन । उनीहरू न त हामीले भनेको सुन्छन् न त आफँै केही गर्छन् । अन्य वडाको दाँजोमा १ र २ वडामा कुनै त्यस्तो काम भए गरेको देखिदैन । के गर्न खोजेको हो बुझ्न नसकेको उनको भनाइछ । आर्थिक वर्ष २०७२÷७३ मा काठमाडौंको नागार्जुन कम्पनीले धरान चतराको करिब १३ किलोमिटर पक्की सडकको ठेक्का लिएर त्यसको ठेक्का सुनसरी सदरमुकाम इनरुवाको हजबुल मिया अन्सारीलाई सब कन्ट्राक्टमा दिएको थियो । तर, पेटी ठेकेदार अन्सारीले,काम गर्ने वातावरण नभएको भन्दै बिचमा काम रोेकेका थिए । पछि अन्य हाटखोला, खारखोला जस्ता स्थानमा काम गरे पनि जागृत चौक लाई भने छोडिदिएका थिए । यहाँ ५ वर्ष अघिको समस्या अहिलेसम्म ज्यँुका त्युँ छ ।
यसबारेमा वडामा बुझ्दा वडा नम्बर २ का अध्यक्ष हरिकृष्ण भट्टराई ,यो समस्या स्थानीय सरकार आउनु भन्दा अगाडिदेखि नै रहेको बताए । उनले जागृत चोकको समस्या पीडादायी छ । तर, यो सडक निर्माणमा ठेकेदारको मनपरी र चोकवासीको आन्तरिक विवादले गर्दा समस्या आएको बताए । ठेकेदारले सडकमा ह्युम पाइपहरू त्यसै लडाएको छ । स्थानीयको आपसी कलहले डे«नको लागि पहिले आएको १६ लाख रुपैयाँ त्यसै फिर्ता भएर गयो । अहिले नगरपालिकाको चक्रघट्टीबाट जागृत चौकसम्म पिच बाटो आउने बुझिएको छ । यो वर्ष समाधान भएर जान्छ कि ! उनले बताए । जुन सुकै बहाना वा कारणले पिच नबन्दा त्यसबाट उठ्ने धुलो र डे«नको अभावमा हुने जल जमावले स्थानीयको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ भने दुर्घटनाको खतरा पनि बढेको छ । यसतर्फ सरोकारवालाको ध्यान जानु आवश्यक देखिन्छ ।