उर्लाबारी । सूर्य बचत तथा ऋण सहकारी संस्था लि. उर्लाबारी–६ ले संस्थाको १९ औं स्थापना दिवसका अवसरमा संस्थामा योगदान पुर्याउने चार दर्जन बढी शेयर सदस्यहरुलाई संम्मान एवं पुरस्कृत गरेको छ ।

शुक्रबार आफ्नै कार्यालयमा संस्थाका अध्यक्ष तेजनाथ घिमिरेको अध्यक्षता तथा उर्लाबारी नगरपालीका वडा नं.–६ का अध्यक्ष चिन्तामणी पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संस्थामा दैनिका कारोवार गरेर योगदान पुर्याउने जेष्ठ शेयर सदस्य १८ जना, एकल महिला ४ जना, असल ऋणी १९ जना, उत्कृष्ट वाल बचत कर्ता ४ जना र उत्कृष्ट बचतकर्ता ५ जनालाई प्रमाण–पत्र, दोसल्ला र उपहार प्रदानगरी संम्मान गरीएको सचिव गोपालप्रसाद भट्टराईले बताएका छन ।

संम्मानीत भएकाका मिक्लाजुङ टाडी“का हरि लिङदेनले संस्थामा पुर्याएको योगदान स्वारुप संम्मान गरेकोमा खुशी प्रकट गर्दै संस्थाको हितको लागि सदैव कार्य गर्ने बताएका छन । संस्थाले स्थापना देखिनै स्थापना दिवस तथा साधारणसभाको अवसरमा सामाजीक कार्य सगै“ विपन्न समुदायका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै आएको छ ।