बेलबारी / मोरङको बेलबारीमा शनिबारदेखि नोवेल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता शुरु भएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रतियोगिताको उद्घाटन गरेका थिए । खेलकुदले मानिसलाई सभ्य र अनुशासित बनाउने हुँदा यसक्षेत्रको विकास र प्रवद्र्धन गर्न लागि पर्नुपर्ने मुख्यमन्त्री राईले बताएका छन् ।

बेलबारीमा भइरहेकोे अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राईले यो प्रतियोगिता नगर र समग्र देशकै गरिमाको विषय भएको बताएका छन् ।
कार्यक्रममा खेलकुदको क्षेत्रमा लागेर योगदान पु¥याउने पाँचजना खेलाडी तथा समाजसेवीहरूलाई मुख्यमन्त्रीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । मरणोपरान्त स्व.मोहन थापा, फुटबल खेलाडी सलबहादुर धिमाल, कराँते खेलाडी ताराबहादुर कार्की, भीमबहादुर तामाङ र पत्रकार खनेन्द्रकुमार राईलाई सम्मान गरिएको थियो ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा नेपालका सातवटै प्रदेश, भारत, भुटान, पाकिस्तान, श्रीलङ्कालगायत देशका खेलाडीहरूको सहभागिता रहने भएको छ । कार्यक्रमको लागि नोवेल मेडिकल कलेजले मुख्य प्रायोजन गरेको छ । कार्यक्रममा बेलबारी डोजोका मुख्य प्रशिक्षक कुन्ती गुरुङले कार्यक्रमको विषयमा प्रकाश पारेका थिए । कार्यक्रम डोजोका अध्यक्ष सञ्जय सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।