धरान / सिर १४ गतेको निर्वाचनका लागि बनेको चुनाव प्रचार प्रसार तथा प्रकाशन उपसमिती र खेलाडी विच विहीबार छलफल भएको छ ।
नेकपाका उम्मेद्वार प्रकाश राईको पक्षमा जनमत सिर्जना गर्न खेलाडीहरु एकमत भएका छन् । नेकपाले खेलक्षेत्रमा धरानका लागि गरेको विकाश निर्माणका कामबारे छलफल भएको प्रचार संयोजक भीम ज्वाला राईले जानकारी दिए ।
०७४ सालको स्थानीय निर्वाचन पश्चात नेकपाको नेतृत्वमा धरान खेलकुद ग्राम निर्माण गर्ने, विषयगत रंङ्गशाला निर्माण गर्ने, खेलकुदको राजधानी बनाउने, हरेक खेलको विकासका लागी वडा वडामा प्रतियोगिता हुने, सकृय खेल जिवनको अवकाश पश्चात समेत खेलाडिको वृतिविकासका लागी रोजगारी सृजना गर्ने लगायतको योजना अघि बढिसकेको उनले जानकारी गराएका थिए ।
यस अघिको स्थानीय निर्वाचनबाट निर्वाचित धरानका प्रमुख स्व. तारा सुब्बालाई सल्लाहा दिने व्यक्ति प्रकाश राई उम्मेद्वा रबनेकाले खेलाडीहरुको सहयोगको खाचो रहेको राईले बताए ।

अढाई वर्षको अवधिमा स्थानीय सरकारले आफ्नो लगानीमा धरानको ५ वटा सामुदायिक विद्यालयमा बाँस्केटबल मैदान निर्माण गरेको स्मरण गर्दै ८ औ राष्ट्रिय खेलकुदका पुरूष तर्फका प्रदेश नं १ का बाँस्केटबल क्यापटेन नविन राईले स्थानिय सरकारको खेलकुद प्रतिको सहयोग उदाहरणिय रहेको बताउँदै हालको सरकारलाई नै समर्थन रहेको बताए । बास्केटबल मैदान बहुउपयोगी हुने जसमा भलिबल, ब्याडमिन्टन र सेपाकटाक्रो लगातयतको खेलका लागी एकै मैदान प्रयोग गर्न सकिने भएकाले धरान उपमहानगरपालिकाले बास्केटबल कोर्टको निर्माणका लागी सहयोग गर्नेमा तदारूकता देखाएको छ ।