वराहक्षेत्र /सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा नम्बर २ मा जारी चौथो वराह गोल्डकप फुटवल प्रतियोगिताको विहिवार सम्पन्न खेल जित्दै साविक विजेता एभरेष्ट फुटवल क्लव नडाहा फाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम सेमिफाईनल खेलमा शुन्यका विरुद्ध तीन गोल गर्दै एभरेष्टले फाईनलको यात्रा तय गरेको हो । उपाधिको लागि उसले कात्तिक ९ गते हुने फाईनलमा चर्च ब्वाईज काठमान्डौसंग भिड्ने छ ।

खेल शुरु भएको पहिलो हाफको १४ मिनेटमा, टिम क्यापटेन निशान लिम्बुले, पहिलो गोल गरि खाता खोलेका थिए । दोश्रो हाफको १३ मिनेटमा तिर्थ बस्नेतले अर्को १ गोल गर्दै टिम लाई अग्रता दिलाएका थिए । खेल सकिन १ मिनेट वांकी रह“दा निशानले तेश्रो तथा व्यक्तिगत २ गोल गर्दै जित फराकिलो बनाएका थिए ।

खेलको म्यान अफ द म्याच निशान लिम्बु घोषित भए , उनलाई वराहक्षेत्र नगरपालिका वडा नम्बर ३ अध्यक्ष र स्काँई ईगलिस स्कुलका प्राचार्य शरणकुमार लिम्बुले नगद पांच हजार तथा ट्रफि प्रदान गरे ।

कार्तिक २ गते देखि स्थानिय आदर्श माविको खेल मैदानमा भईरहेको गोल्डकपमा काठमान्डौ,धनकुटा ,सुनसरी,मोरङ्ग र इलामका राष्ट्रिय जागृति क्लव,रेडहर्ष फुटवल क्लव,धनकुटा फुटवल क्लव,डा“गीहाट फुटवल क्लव, एभरेष्ट फुटवल क्लव नडाहा,एपिएफ र चर्च ब्वाईज काठमान्डौ, र आयोजक वराहक्षेत्र फुटवलक्लव गरि ८ टिमले भाग लिईरहेका छन् ।

गोल्डकपको पुरस्कार राशी विजेता लाई २ लाख १ हजार तथा उपविजेताको १ लाख १ हजार नगद तथा ट्रफी रहेको, आयोजक वराहक्षेत्र फुवटल क्लवका अध्यक्ष चन्द्र वहादुर मगर अनिलले बताए ।