लक्ष्मीमार्ग/ मोरङको भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लब सुनसरी सेमीफाइलनमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न खेलमा जिपिएस्सी सिरहालाई ३–१ गोल अन्तरले हराउँदै धरान सेमीफाइनलमा पुगेको हो । धरानको तर्फबाट वर्तमान राई, बुद्ध चेम्जोङ र प्रकाश बुढाथोकीले १–१ गोल गरे ।

त्यसैगरी सिरहाका तर्फबाट दिनेस राईले सान्तवना गोल गरे । खेलको ३२ औँ मिनेटमा धरानका प्रकाश बुढाथोकीको पासमा वर्तमान राईले गोल गर्दै खाता खोले । ४८ औँ मिनेटमा धरानका बुद्ध चेम्जोङले वान भर्षेस वानमा टिमका लागि दोस्रो गोल गरे । लगत्तै सिरहाबाट दिनेश राईले गोल गर्दै २–१ को स्थितिमा ल्याए ।

खेलको अतिरिक्त समयमा वर्तमानको पासमा प्रकाश बुढाथोकीले जाली चुमाए । खेलको म्यान अफ दी म्याच धरानका प्रकाश बुढाथोकी घोषित हुँदै नगद ५ हजार रुपैयाँ पाए । मङ्गलबार ब्वाइज युनियन काठमाडौँ र आयोजक निलोबीच हुने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बूले जानकारी दिए ।