उदयपुर / उदयपुरमा जारी प्रथम वडा कप सेभेन ए साइड फुटबल प्रतियोगितामा आयोजक टिम फाइनलमा प्रवेश गरेको छ ।
त्रियुगा नगरपालिका–१० बोक्सेमा सञ्चालन भएको प्रतियोगितामा शुक्रबारको खेलमा वडा न. १० ले ४ नम्बर वडालाई ३–१ गोललेपछि पार्र्दै फाइनलमा प्रवशे गरेको हो ।

वडा खेलकुद विकास समिति त्रिनपा–१० बोक्सेको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । आयोजक टिमका सुदीप श्रेष्ठले १५ औँ मिनटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै हेमन्त राईले १८ औँ मिनटमा अर्को गोल थप्दै आफ्नो टिमलाई शुन्यका विरुद्ध दुई गोलले अग्रता दिएको आयोजकले जनाएको छ ।

दोस्रो हाफको १० औँ मिनटमा आयोजक टिमका हेमन राईले नै दोस्रो गोल गर्दै आफ्नो टिमलाई तीन गोलको अग्रता दिएका थिए । त्यस्तै वडा न. ४ का देवराज चौधरीले १५ औँ मिनटमा एक गोल फर्काउँदै आफ्नो टिमको खाता खोलेको आयोजक वडा खेलकुद विकास समिति त्रिनपा–१० बोक्सेका अध्यक्ष जीवन पाण्डेले बताए ।

शुक्रबारको खेलमा आयोजक टिमका किसन चाम्लिङ राई उत्कृष्ठ खेलाडी घोषित भएका छन् । उनलाई नगद पाँच सय र मेडलले सम्मान गरिएको अध्यक्ष पाण्डेले बताए । शनिबार वडा न. ११ र वडा न. ४ बिच प्रतिस्पर्धा हुने उनले बताए ।