पथरी / मोरङको पथरीशनिश्चरेमा जारी दोश्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको खेलमा ट्राइवेकरमा आयोजक पथरीलाई पराजित गर्दै पञ्चायत फुटबल क्लब धरान सुनसरी प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेको छ ।
विहिबार भएको खेलमा २ गोलको बराबरीमा खेल टुङ्गीए पछि खेलको छिनोफानो टाइव्रेकरले गरेका थियो । टाईब्रेकरमा पञ्चायन धरानको तर्फबाट अजित तामाङ, आविस्कार खड्का र रोशन भुजेलले गोल गरेका थिए । आयोजक पथरीको तर्फबाट सन्तोष न्यौपानेले गोल गरेपनी सुबास तामाङ, मीन धिमालले हानेको गोल पोष्टबाट बाहिरिएको थियो । अर्का खेलाडी विशाल पाण्डेले प्रहार गरेको गोल धरानको गोल रक्षक निशान राजधामिले सहजै रोकेका थिए ।
शुक्रबारको खेल सशस्त्र प्रहरी बेस क्याम्प (एपीएफ) झापा र साबिक विजेता लेटाङ फुटबल क्लबले मोरङ विच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल संयोजक नवीन ढकालले बताए ।