पथरी/ मोरङको पथरीशनिश्चरे नगरपालिका स्थीत सुनाखरी युवा क्लबको आयोजनामा भएको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता उद्घाटन खेलमा योसेक फुटबल क्लब उर्लाबारी विजयी भएका छन् ।

बुधबार भएको खेलमा आयोजक टिम सुनाखरी युबा क्लबलाई २ गोलको विरुद्ध ४ गोल गर्दै योसेक फुटबल क्लब उर्लाबारी विजयी भएको हो । खेलको मध्यन्तर अघि योसेक फुटबल क्लबले ३ गोल लगाएका थिए । त्यसैगरी आयोजक टिम सुनाखरी युवा क्लबले १ गोल र्फकाएका थिए । खेलको मध्यन्तर पछि योसेक फुटबल क्लब उर्लाबारीले १ गोल थप्दै ४ गोल बनाएका थिए । त्यसैगरी सुनाखरी युवा क्लबले १ गोल लगाउँदै अंक २ बनाएका थिए । सुनाखरी युवा क्लबको तर्फबाट सुमन राई र देवराज गुरुङले लगाएका थिए ।

खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशका समानुपातिकका सांसद कृष्ण कुमारी राईले फुटबल दिएर गरेकी थिइन् । विशेष अतिथि नगरपालिकाका मेयर दिलिपकुमार राई, अतिथिहरु १ नम्बर वडाध्यक्ष बाबुराम एकदेन, ३ नम्बर वडाध्यक्ष डम्बर चेमजोङ, ७ नम्बर वडाध्यक्ष कपिल मणी ढकाल, समाजसेवी प्रदिपकुमार राई र केवी गुरुङ लगाएत रहेका थिए ।

खेलमा आयोजक सुनाखरी फुटबल क्लब,योसेक फुटबल क्लब उर्लाबारी,एपिएफ फुटबल क्लब झापा, लेटाङ फुटबल क्लब लेटाङ, पञ्चायन फुटबल क्लब सुनसरी,पथरी स्पोर्टिङ क्लब पथरी,दमक फुटबल एकेडेमी झापा र डाँगीहाट फुटबल क्लब बेलबारी गरी जम्मा ८ वटा टिम सहभागी भएका छन् । विहिबारको खेल पञ्चायन फुटबल क्लब सुनसरी र पथरी स्पोटिङ क्लब पथरी विच हुने भएको छ ।

खेलको प्रथम हुनेलाई ८१ हजार, १ सय ११ र दोस्रो हुनेलाई ५१ हजार, १ सय ११, ट्रफि,मेडल र प्रमाण पत्रले सम्मान गरिने भएको छ । त्यसैगरी सार्वाधिक गोलकर्ता,सर्वोकृष्ट खेलाडी,उदयमान खेलाडी,उत्कृष्ट स्ट्राईगर,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोलकिपर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षलाई पनि नगद सहित ट्रफि,मेडल र प्रमाण पत्रले सम्मान गरिने भएको छ ।
खेलको मुख्य प्रायोजक पथरीशनिश्चरे परिवार, हङकङ, सहआयोजक पथरीशनिश्चरे नगरपालिका र आयोजक सुनाखरी युवा क्लबको रहेको छ । खेलमा ८लाख ५२ हजार २ सय २२ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।