धरान/ दशैं–तिहार खुल्ला फुटसल प्रतियोगिताको उपाधि धरान–१३ को गार्डेन फुटसल क्लबले जितेको छ ।

धरान–१६ को खरानी गाइजको आयोजनामा मङ्गलबार सम्पन्न फाइनलमा धरान–१५ को ग्याटिस फुटसल क्लबलाई ६–० को गोल अन्तरले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै नगद ३५ हजार, ट्रफी र मेडल पाएको छ । उपविजेतामा सीमित बनेको ग्याटिसले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ ।

फाइनल खेलको म्यान अफ दी म्याच रीवस मास्के घोषित हुँदै नगद २ हजार रुपैयाँ पाए । त्यस्तै उत्कृष्ट खेलाडी इचिके राई र उत्कृष्ट गोलकिपर सचिन श्रेष्ठ भए । उनीहरूले पनि जनही नगद २ हजार रुपैयाँ प्राप्त गरे ।

विजेता टिमलाई नेपाली काङ्ग्रेसका सुनसरी जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले तामाङ, नेपाल विद्यार्थी सङ्घ सुनसरी १ का सभापति बालकुमार राईलगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा धरान, इटहरीलगायतका गरी २२ टिमले प्रतिस्पर्धा गरेका थिए ।

footsal1