भद्रपुर / अर्काको घरमा काम गर्ने एक वृद्धको पैनीमा डुबेर ज्यान गएको छ भने पौडी खेल्दा एक जना युवक बेपत्ता भएको प्रहरी कार्यालय झापाले जनाएको छ । पैनीमा डुबेर बुद्धशान्ति गाउँपालिका २ हात्तीकिल्ला सिरान गाउँ स्थित सोमनाथ लुईटेलको घरमा काम गरी बस्ने ७१ वर्षीय वृद्ध भक्ति लोहारको ज्यान गएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । घर नजिकैको खेतमा सिँचाई गर्ने क्रममा पैनीमा डुबेर वृद्ध लुइँटेलको मृत्यु भएको उनले जानकारी दिए
त्यसैगरी कचनकवल गाउँपालिका २ स्थित मेची खोलामा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् । सोही गाउँपालिका २ का १८ वर्षीय सौरव ढुङ्गाना बेपत्ता भएको उनले बताए ।
साथीहरूसँग आइतबार दिउँसो मेची नदीमा पौडी खेल्ने क्रममा उनलाई नदीले बगाएर बेपत्ता भएका ढुङ्गानाको सीमा प्रहरी चौकी केचना र स्थानीयवासीले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।