धनकुटा/ जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा ६४ औं प्रहरी दिवश विविध कार्यक्रमको साथ भव्य रुपमा शुक्रवार धनकुटामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.१ का विधान समितिका सभापती एवं प्रदेश सांसद इन्द्रमणी पराजुलीले नेपाली राजनितिको निक्कै लामो संघर्षवाट मुलुकमा लोकतन्त्र, गणतन्त्र स्थापना भै नयाँ संविधानलाई टेकेर अव मुलुक विकास र समृद्धिको पथमा अघि वढीरहेको वताए । उनले अवको समय भनेको सवै नेपालीलाई सुखी र समृद्ध वनाउने समय भएकाले अहिलेको राजनितिक नेतृत्व जिम्मेवार भएर अघि वढीरहेको बताए ।

पराजुलीले देशमा नागरिकलाई शान्ती र अमनचयन कायम राख्नको लागी प्रहरी प्रशासन चुस्त र दुरुस्त हुनु पर्नेमा जोड दिए । सो अवसरमा प्रदेश सांसद लिला सुब्बाले हत्या, हिंसा, बलत्कार जस्ता घट्नालाई निरुत्साहित गरी समाजमा दिगो शान्ती कायम गर्न प्रहरी सक्रिय हुनु पर्नेमा जोड दिए । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंङक वहादुर चौहानले प्रहरी र समुदाय विच सहकार्य हुन सके मात्र समाजमा शान्ती कायम हुने धारणा राखे ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले समाजमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीको मात्र एक्लो प्रयासले सम्भव नहुने हुनाले समुदायले सक्दो सहयोग गर्नु पर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी डा.कृष्ण वहादुर घिमिरेले भाषण गरेर मात्र देश समृद्ध नहुने भन्दै सवैले जिम्मेवार भएर काम गर्नु पर्नेमा जोड दिए ।

‘हर प्रहर,गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराको साथ आयोजना गरिएको विशेष कार्यक्रममा अमर प्रहरीहरुको प्रतिमा फुलमाला अर्पण, अमर प्रहरी परिवारलाई सम्मान, प्रहरी चौकी स्थापना गर्दा सहयोग गर्ने दातालाई कदरपत्र, समुदाय, प्रहरी साझेदारी कार्यक्रमलाई सफल वनाउन सहयोग पु¥याउने नगर क्षेत्रका विभिन्न विद्यालयहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । सो अवसरमा अमर प्रहरी परिवार धनकुटाको पाख्रीवास निवासी कमला आचार्यलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

त्यसैगरी समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी सहयोग पुर्याउने भानु मावी डाँडावजारका प्रअ तेजकुमार न्यौपाने, जाल्पा देवी मावी पाख्रीवासका प्रअ टेकनाथ अधिकारी, महिला पुनःस्थापना केन्द्र धनकुटाका सचिव हिमा चेम्जोङ, हिले स्थित् मदरलेण्ड सेकेन्डरी वोर्डिङ स्कुलका प्रिन्सिपल प्रेम तुम्वाहाङ, त्रिवेणी मावि धनकुटा–७ का प्रअ इश्वरी अधिकारी, भाषा माविका प्रअ गोविन्द राई, गोकुण्डेश्वर माविका प्रअ यज्ञ प्रकास चापागाँई र प्रहरी चौकी मुढेवासलाई सहयोग पु¥याउनु हुने चौविसे गा.पा.वडा नं.२ का वडाध्यक्ष ममिन्द्र लिम्वुलाई कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा उपस्थित् अमर प्रहरीका परिवारजनहरुले प्रहरी दिवश र अमर प्रहरीहरुको श्रद्धाञ्जली कार्यक्रम एक्कै दिन नराख्न सुझाव दिएका छन् । अमर प्रहरीहरुको परिवारहरुको प्रतिनिधित्व गर्दै पुर्व प्रहरी सहायक निरिक्षक डम्वर वहादुर कट्वालले स्थापना दिवश र अमर प्रहरीहरुको श्रद्धाञ्जली कार्यक्रम एकै दिन राख्दा एकातिर खुशियाली मनाई रहँदा अमर प्रहरीका परिवारलाई अर्को तिर पिडाको अनुभुती हुने गरेको बताए ।

एकै दिन दुई वटा कार्यक्रम गर्दा पिडित परिवार भाव विव्हल हुनु परेकाले यि दुई कार्यक्रम अलग–अलग गर्न पर्ने सुझाव अमर प्रहरीका परिवारका सदस्य एवं पुर्व सांसद दुर्गा लिंखाले वताए । उनले कार्यक्रममा सहभागी भैरहेका अमर परिवारका परिवारलाई पिडावोध भैरहँदा प्रहरी दिवशको कार्यक्रम आयोजना गर्दा हरेकलाई खल्लो लाग्ने गरेको अनुभव सुनाए ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुदर्शन कोईरालाको अध्यक्षतामा सम्पन्न ६४ औं प्रहरी दिवशको विशेष कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले लेखी पठाएको शुभकामना शन्देश प्रहरी नायव निरिक्षक विजयराज पण्डित वाचन गरेर सुनाएका थिए । सो अवसरमा जिल्लामा क्रियाशिल राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरु, सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।