ब्लाष्टखबर । काेशी व्यारेजबाट हामफालेर कृषी भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय एक कर्मचारीले आत्महत्या गरेका छन् ।
प्रदेश नम्बर १ को कृषी भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयमा कर्यरत विराटनगर महानगरपालिका ५ जामुनगाछीका राजेश कुमार साहले कोसी व्यारेजको १६ नम्बर ढोका छेउबाट हामफालेर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ढोका नजिकै रहेको को २२ प ६९६५ नम्बरको मोटरसाईकल लामो समयसम्मा उक्त स्थानमा रहदा संखाको आधारमा प्रहरीले सोधीखोजी गर्द साहले अत्महत्या गरेको खुलेको प्रहरीले बताएको छ । कार्यालयका अनुसार साह १६ नम्बर ढोकाको दक्षिणबाट हामफलेको सिसिटिभि देखीएको छ । शव घोप्टो परेको अवस्थामा फेलापरेको छ ।
घटना स्थमा, परिचयपत्र र मेरो मृत्युको कारण अरु नै हो भनेर लेखीएको एक नोट पनि भेटिको कार्यालयले जनाएको छ ।