मोरङ/ मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवाका अशोक ऋषिदेवको १४ महिने छोरा सागर ऋषिदेव घर छेउमा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।
मङ्गलबार अपरान्ह पौने ५ बजेको समयमा खेल्दै जाने क्रममा अचानक पोखरीमा डुबेका बालकलाई तत्काल उद्धार गरी उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।