उर्लाबारी / दुई महिना अघि हाजिर भएका उर्लाबारी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीले अनाश्यक आरोप लगाउदै उर्लाबारी छाडे्को नगरपालिकाका प्रवक्ता भानुभक्त शर्मा पराजुलीले बताएका छन् ।

नगरपालिकामा बर्षौ अघिदेखि कार्यरत करार सेवाका ५० जना कर्मचारीहरुको अवधी थप गर्ने बिषयमा नगर प्रमुख खड्ग फागोसगँ प्रमुख प्रशासकिय अधिकृत रेग्मीको मंगलबार विवाद भएको थियो । उनले मेयर खड्ग फागोले हातपात गरेको आरोप लगाएका थिए ।
प्रवक्ता पराजुलीले मेयर फागोले अर्को विकल्प नभए सम्मको लागि एक बर्ष थप गरेर जाने बिषयमा सुझाउदा कर्मचारीका बिषयमा हस्तक्षेप नगर्न नगर प्रमुखलाई भने पछि विवाद भएको बताए । विराटनगरमा पुगेर रेग्मीले लगाएको आरोप निराधार भएको नगरपालिकाले स्ष्ट पारेको छ ।