भद्रपुर । हडिया खोलाले बगाउँदा झापामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका १४ स्थित धाइजन बस्ने ४० वर्षीय कृष्णबहादुर सार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार बुधबार दिउँसो १२ बजे हडिया खोलामा नुहाउने क्रममा सार्कीलाई खोलाले बगाएर बेपत्ता बनेका थिए ।
बेपत्ता भएका सार्कीलाई खोजतलास गर्ने क्रममा उनको शव दुवागढीमा मृत अवस्थामा फेला परेको थियोे । शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।