आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
महासँघका अनुसार, बिहीबार छापावाल सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।