Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • राजश्व छली गरेको आरोपमा तीन कम्पनी सञ्चालकविरुद्ध मुद्दा

राजश्व छली गरेको आरोपमा तीन कम्पनी सञ्चालकविरुद्ध मुद्दा

alt
  • असोज २, २०७६
  • रासस
 
काठमाडाैं / राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले ती कम्पनीबाट झण्डै रु ३६ करोड २४ लाख बिगो कायम हुने गरी सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ ।
झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छली गर्ने काठमाडाैंको एएस हार्डवेयरका सञ्चालक सरला श्रेष्ठसमेत सात, काठमाडौँको बत्तीसपुतलीस्थित रुक्मिणि इण्डस्ट्रिज प्रालिका सञ्चालक र कपिलवस्तुको कृष्ण ट्रेडिङ सप्लायर्सका सञ्चालक तथा सहयोगीविरुद्ध मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।
विभागले हार्डवेयरसँग रु २२ करोड २६ लाख ९०० बिगो कायमको माग दाबीसहित काठमाडाैं जिल्ला अदालतमा, रुक्मिणि इण्डस्ट्रविरुद्ध रु १२ करोड ४६ लाख बिगो कायम गरी बारा जिल्ला अदालतमा र कृष्ण ट्रेडिङ सप्लायर्सविरुद्ध रु एक करोड ५२ लाखको बिगो कायमको माग दाबीसहित कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरिएको जनाएको छ । विभागले बुधबार एक विज्ञप्ति जारी गरी सरला श्रेष्ठको फार्मबाट वस्तु वा सेवा खरीद नै नगरी झुट्टा तथा नक्कली कर बिजक मात्र खरीद बिक्री गरेको देखिएको जनाएको छ । सो नक्कली काममा अनङ्गपाल श्रेष्ठ र घनश्याम पोखरेलको प्रत्यक्ष सहभागिता रहेको र किशोरप्रसाद पुडासैनी, चेतना पुडासैनी, उमेशकुमार भट्टराई र शालिकराम गौतम सहयोगी देखिएको अनुसन्धानमा खुलेको छ । यस्तै रुक्मिणी इण्डस्ट्रिजले अन्तःशुल्क इजाजतपत्र नलिई वस्तु उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्दा असुल गर्नुपर्ने अन्तःशुल्क छली गरेको र सो अन्तःशुल्कमा लाग्ने मूल्य अभिवृद्धिकर असुल नगरी कारोवार गरेको देखिएको विभागले जनाएको छ । कृष्ण ट्रेडिङ सप्लायर्समार्फत गोपाल अग्रहरी भनिने मनिष लोहारले कर्मचारी बिक्की भनिने सुनिलकुमार गुप्ताको नाममा गोदाम भाडामा लिई भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको विभागले जनाएको छ ।
सम्बन्धित समाचार
नझुक्किनुहोस् झापामा केपी शर्मा ओली उपस्थित भएको युनिफाइड कमान्डको फोटो एआई निर्मित

-भोजराज श्रेष्ठनेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ...

ओभरसिज नेपाली वर्कसमा पुनः पूर्णिमा

हङकङ ।  यहाँस्थित ओभरसिज नेपाली वर्कस एसोसिएसनको ११ औँ अधिवेशन आइ ...

मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपालीः सुरक्षा निर्देशन पालना गर्न सरकारको आग्रह

विजयपुर । सरकारले मध्यपूर्व क्षेत्रका नेपालीलाई सुरक्षा निर्देशन पालना गरी ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
नझुक्किनुहोस् झापामा केपी शर्मा ओली उपस्थित भएको युनिफाइड कमान्डको फोटो एआई निर्मित
ओभरसिज नेपाली वर्कसमा पुनः पूर्णिमा
मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपालीः सुरक्षा निर्देशन पालना गर्न सरकारको आग्रह
युएन स्कुलमा 'विज्ञान, कला तथा शिल्प र खाद्य' प्रदर्शनी सम्पन्न
युद्धप्रभावित क्षेत्रमा रहेका नेपालीको सुरक्षामा ध्यान देउः मानव अधिकार आयोग
‘नीति निर्माणसँगै विकास’
नवयुवाको मागः भ्रष्टाचारमुक्त समाज र रोजगारीको सुनिश्चितता
भारतीय भूतपूर्व सैनिक संघको साधारणसभा सम्पन्न
सडक सञ्जाल विस्तारसँगै लसुनखेतीमा आकर्षण
पर्यटकीय गन्तव्य बन्दै 'तपस्याधाम'
कुवेत र इराकका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह
कतारका नेपाली सकेसम्म घरभित्रै बस्नूः दूतावास
इजरायल र इरानका नेपालीलाई सावधानीका उपाय अपनाउन सरकारको अनुरोध
सुकुम्बासीको नेकपालाई समर्थन
कविता सङ्ग्रह 'प्रतिज्ञा' लोकार्पण
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved