धरान / आजदेखि ब्लाष्ट टाइम्स दैनिक २५ वर्षमा प्रवेश गरेको छ । यसको रजत बर्षको अवसरमा ब्लाष्टले रक्तदान, स्वास्थ्य शिविर, कविता र वक्तृत्वकला जस्ता सप्ताहव्यापी कार्यक्रम गरेर उत्सव मनाएको छ । आज धरानमा वृहत कार्यक्रम गरि उत्सवको समापन गर्ने कार्यक्रम रहेको ब्लाष्ट दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीले जानकारी दिए ।
प्रदेश १ का मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा हुने समापन कार्यक्रममा पाठक, विज्ञापनदाता, उत्कृष्ट सहकर्मी, अग्रज पत्रकारलगायतलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको कार्यक्रम संयोजक विश्वराम कार्कीले जानकारी दिए ।