धरान / अविराल बर्षाको कारण संखुवावासभाको खाँदबारीबाट धरान बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।
स्थानीय पत्रकार विनोद गुरुङका अनुसार को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । गाडीमा चालक सन्तोष विक, खाँदबारी–९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर बिरामी दुई महिनाको बच्चा समिर श्रेष्ठ, उनका बुबा आमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ बेपत्ता भएका छन्।  बच्चाकाे उपचारका लागि उनीहरु धरानस्थित वीपी प्रतिष्ठान अाउदै‌ गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मीन लामासहितको टोली घट्नास्थल गएको छ । अविरल बर्षाका कारण उनीहरुसँग पनि सम्पर्क नभएको र गाडी नं। समेत नखेलेको जिल्ला प्रहरी कार्यलयका सञ्चार शाखाले जनाएको छ ।