धरान । धरान–४ निशाने खोलाको कटानका कारण ५ घर जोखिममा परेका छन् ।
खोलाको कटानका कारण भक्त राईको होटलको हटरा भासिएको धरान–४ का नेकपाका अध्यक्ष दोर्णबहादुर कटुवालले जानकारी दिए । उनका अनुसार राईको घरुको आधा भाग चर्किसकेको छ । अन्य ५ घर पनि जोखिममा परेको छ । निशानेमा होटल सञ्चालन गरिरहेका सन्तोष राई, पूजा राईको होटल जोखिममा परेको उनले जानकारी दिए ।
खोलाले कटान गरेका कारण पहिरो जाने क्रम जारी रहेको छ । अहिले त्यसक्षेत्रको बिजुलीसमेत काट्न लगाइएको वडाध्यक्ष कटुवालले जानकारी दिए । जसका कारण धनकुटे रोडलाई पनि प्रभावित बनाउन लागिसकेको छ ।
(सुधार गरिएकाेः धरान ४ का वडाध्यक्ष भएकाेमा सच्चाइएकाे पाठकवर्गमा जानकारी गराउन चाहन्छाैं ।)