बिर्तामोड । बिर्तामोड–४ को माँलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले संस्थाले सोमबार बिर्तामोडमा ११ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७५÷०७६ मा २१ लाख ५६ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको संस्थाले जनाएको छ ।

४० जना शेयर सदस्यबाट शुरु भएको संस्थाले आव ०७५/०७६ सम्ममा एकहजार ८ सय ५७ जना शेयर सदस्य पुर्याउन सफल भएको अध्यक्ष घनश्याम चौधरीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाले यस बर्षसम्ममा एक करोड ६५ लाख ६ हजार २ सय रुपैयाँ चुक्ता शेयर पुँजी पुर्याएको छ । संस्थाले यसबर्ष ४६ करोड ४१ हजार २ सय ६३ रुपैयाँ निक्षेप संकलन गरेको छ भने फिर्तातर्फ ४४ करोड ६३ लाख ३३ हजार ३ सय ३२ रुपैयाँ गरेको अध्यक्षको प्रतिवेदनमा छ ।

साधारणसभाका अवसरमा संस्थाले विभिन्न विधामा ८ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्ता निरा कार्की, उत्कृष्ट उद्यमी ऋणकर्ता विनोद राजवंशी, उत्कृष्ट कर्मृचारी सरस्वती राजवंशी, उत्कृष्ट पत्रकार राजेन्द्र गौतम, उत्कृष्ट जेष्ठ महिला सदस्य उषा दास र उत्कृष्ट शेयर सदस्य महेन्द्रप्रसाद गुप्तालाई नगदसहित सम्मान गरेको छ ।

त्यस्तै यसबर्ष एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने शेयर सदस्यका छोरा तथा छोरी मध्ये २ जनालाई नगदसहित सम्मान गरेको छ । उत्कृष्ट अंक ल्याउने छात्रतर्फ विशाल शाह र छात्रातर्फ गंगा मेचेलाई सम्मान गरिएको हो ।

संस्थाका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालको प्रमुख आतिथ्यता रहेको थियो । उपाध्यक्ष देवेन्द्रकुमार सिंहले स्वागत गरेको कार्यक्रममा नेपाल चेम्वर अफ कमर्स झापा अध्यक्ष ओम विमली, जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधि रेवती खनाल, संस्थाका संस्थापक अध्यक्ष धर्मराज माझी, पूर्व अध्यक्ष रामप्रित शर्मा, शिखर बचतका अध्यक्ष दिपेन्द्र राउतलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव संजयकुमार शर्माले गरेका थिए ।