भोजपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्न्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरी बीच भएको भिडन्तमा मारिएका प्रहरी जवान सञ्जिव राईलाई सरकारले सहिद घोषणा गरेको छ ।
भोजपुर नगरपालिका ७ शनिबारे हटियामा गत असार २५ गते भएको भिडन्त परी मारिएका थिए । सरकारले बिहीबार शहीद घोषणा गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राईलाई सहिद घोषणा गरी मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।
बैठकको निर्णय भने बिहीबार सार्वजानिक गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकार प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । भिडन्तमा खोटाङ घर भई भोजपुरमा कार्यरत प्रहरी जवान राई र विप्लवका सोलुखुम्बु इन्चार्ज निरकुमार राईको मृत्यु भएको थियो ।
भिडन्तमा मारिएका मध्ये प्रहरी जवान सञ्जीवको पेटमा र विप्लव कार्यकर्ता निरकुमारको बाँया घुँडा र तिघ्रामा गोली लागेको थियो । घटनामा अर्का प्रहरी जवान खेमनाथ भट्टराई समेत घाइते भएका थिए ।