विराटनगर । कोशी अञ्चल इटा उद्योग व्यवसायी संघ इटहरी सुनसरीको अध्यक्षमा पुन: महेन्द्र प्रसाद साह निर्वाचित भएका छन् । विराटनगरमा भएको संघको ९ औं वार्षिक साधरण सभाले साह सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । यस अघि पनि साह इटा व्यवसायीहरुको हकहितमा क्रियाशिल भएर लागि परेका थिए ।
समितिको उपाध्यक्ष्ँमा विजय कुमार श्रेष्ठ, महासचिबमा राजन कुमार तिम्सिना, सचिब श्याम लुईटेल र कोषाध्यक्षमा लक्ष्मण राई छन् । समितिको अन्य सदस्यहरूमा मुरारी रेग्मी, शिवकुमार लिम्बु, रमेश कुमार भगत, राम भजन मेहता, धर्मेन्द्र श्रेष्ठ, महेन्द्र अग्रवाल, मुन्ना कुमार झा र लिलाराज पराजुली छन् । उनीहरू सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।
सोही अवसरमा संघमा पूरानो इटा व्यवसायी धरानका बृख बहादुर श्रेष्ठसहित ९ जनालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरूमा इटहरीका चन्द्र बहादुर बस्नेत, जीवननाथ काफ्ले, हेमप्रसाद घिमिरे, शेखर लुईटेल मंगलबारेका तेजबहादुर थापा, विराटनगरका ऋषिमोहन रेग्मी, शिवरतन जोशी र लाइफ भिजन सामुदायिक पुनःस्थापना केन्द्र विराटनगरलाई गरेको छ । कोशी अञ्चल इटा संघमा ३३ जना व्यवसायीहरु आबद्ध छन् ।