पथरीशनिश्चरे । नेशनल लाइफ इन्स्योरेन्सको मोरङको पथरी शनिश्चरे शाखाले उत्कृष्ठ अभिकर्ता र उत्कृष्ठ व्यवसायीलाई सम्मान गरको छ ।

वार्षिक इन्सेन्टिभ चेक वितरण तथा अभिकर्ता पारिश्रमिक योजना अन्तर्गत उत्कृष्ठ अभिकर्तातर्फ क्रमशः खिममाया आङ्देम्वे, रुपेश राई र रमेश पासवानलाई पहिलो, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरिएको छ ।

व्यक्तिगत व्यवसायतर्फ, क्रमशः सुशीला रानामगर, मन्ता आङ्थुपो र सुकर्ण उप्रेतीलाई पहिलो, दोस्रो र तेस्रो स्थानको पुरस्कार प्रदान गरिएको शाखा प्रमुख रविन्द्र लिङ्दमले जनाए ।

इस्स्योरेन्सका १ नम्वर प्रदेश प्रमुख नरेन्द्रकुमार राईले प्रमुख अतिथिका रुपमा पुरस्कार वितरण गर्दै जीवन बिमाको महत्वको सन्देश छर्न आवश्यक रहेको चर्चा गरेका छन् । साथै उनले बिमा अभिकर्ता पारिश्रमिक योजनाका बारेमा पनि जानकारी गराए ।