भण्टावारी / कोशी गाउँपालीकामा हात्ती आक्रमणबाट एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो हात्ती आक्रमणबाट कोशी गाउँपालीका ३ बस्ने ३२ वर्षीय अनमोल मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
 
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्माका अनुसार दिउँसोको समय  स्थानीय खरे खोलामा माछा मार्ने क्रममा हात्ती आक्रमण गर्दा मुखियाको मृत्यु भएको हो ।
 
तीन दाजुभाइसंगै भएपनि दुईजना भाग्न सफल भएको र अनमोल हिलोमा भेटिएको अवस्थामा हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै ज्यान गएको डिएसपी शर्माले जानकारी दिए । अहिले अनमोलको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा सुनसरी लगिएको छ ।