धरान । झापाको कन्काई नगरपालिका–५ चत्रामारीस्थित सोमनाथ अधिकारीको घरमा आगलागी हुँदा अन्दाजी ५० लाख बराबरको क्षति भएको छ ।

सोमबार बिहान सवा १० बजे अधिकारीको काठले बनेको टिनको छाना भएको घर जलेर नष्ट भएको हो । बिजुलीको तार अचानक सर्ट भई आगलागी हुँदा घरभित्रका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाका अनुसार आगलागी प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।