सुनसरी  / तीज पर्वको अवसरमा इटहरीमा तीज सृजनशील उद्यमी मेला आयोजना गरिने भएको छ । उद्यमशिल महिला संघ र वुमन क्रियटिम सेन्टरको आयोजनामा इटहरीमा तीन दिने मेला आयोजना गर्न लागिएको हो ।

फरक तरिकाले तीज पर्व मनाउने उदेश्यले आगामी साउन ३० गतेदेखि ३२ गतेसम्म इटहरीको दुर्गा पार्टी प्यालेसमा मेला आयोजना गरिने मेला आयोजना गरिएको कार्यक्रम संयोजक रञ्जु सिग्देलले जानकारी दिइन् ।
आइतबार इटहरीमा पत्रकार सम्मेलन गरी तीज सृजनशील उद्यमी मेला–२०७६ मा उद्यमीका उत्पादनहरुको प्रदर्शनी तथा बिक्रिका लागि जम्मा ६० वटा स्टलहरु जनकारी दिइएको छ । मेलालाई इटहरी उप–महानगरपालिका, रामधुनी नगरपालिका र नेपाल पर्यटन वोर्डले प्रबद्र्घनमा आर्थिक सहयोग गर्ने आयोजकले जनाएको छ ।

प्रदेश नम्बरका उद्यमीहरुको उत्पादनलाई मेलामा प्रदर्शनी गरिने आयोजकले जनाएको छ । साथै महिलाहरुलाई उद्यमशिल बनाउन साहित्यिक तथा सांस्कृतिक कार्यक्रम र स्वास्थ्य शिविर समेत सञ्चालन हुने जनाइएको छ । साथै सोही अवसरमा महिलाहरुबिच सद्भाव वढाउँने आपसी भलाकुसरी गर्ने, माया साटासाट गर्ने अभिप्रायले दर खाने कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ ।