अमेरिकाकाे टेक्ससमा गोली प्रहारबाट २० जनाको मृत्यु

alt सीसीटीभी फुटेज
  • श्रावण १९, २०७६
  • ४६१ पटक पढिएको
  • ब्लाष्ट खबर

बीबीसी नेपाली/ अमेरिकाको टेक्सस राज्यमा भएको बन्दुक आक्रमणमा परेर कम्तीमा २० जनाको मृत्यु भएको र २६ जना घाइते भएका बताइएको छ।

एल पासो सहरमा भएको उक्त घटनालाई टेक्ससका गभर्नरले आफ्नो प्रान्तका लागि 'इतिहासकै सबैभन्दा घातक दिन मध्येको एक रहेको' बताएका छन्।

घटना अमेरिका र मेक्सिकोको सिमानाभन्दा केही पर रहेको वालमार्ट स्टोरमा भएको हो । प्रहरीले एक जना २१ वर्षीय युवालाई हिरासतमा लिएको छ।

संदिग्ध व्यक्ति ड्यालस सहरका बासिन्दा हुन्, जुन एल पासो भन्दा एक हजार ४६ किलोमिटर पूर्वतिर पर्छ। अमेरिकी सञ्चार माध्यमहरूले उनको नाम प्याट्रिक क्रुसिअस रहेको बताएका छन्। घटनामा परेका पीडितहरूको नाम भने हालसम्म खुलाइएको छैन।

मेक्सिकोका राष्ट्रपतिले आफ्ना तीन जना नागरिकको मृत्यु र ६ जना घाइते भएको बताएको रोयटर्स समाचार संस्थाले जनाएको छ।

पछिल्लो एक सातामा अमेरिकामा भएको यो दोस्रो बन्दुक आक्रमण हो। यसअघि क्यालिफोर्निया राज्यमा गोली लागेर तीन जनाको मृत्यु भएको थियो।

टेक्ससमा भएको घटनालाई अमेरिकाको पछिल्लो कालखण्डको आठौँ घातक बन्दुक आक्रमणका रूपमा अर्थ्याइएको छ।

उदयपुरमा गाउँपालिकाक ...

उदयपुर / उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको कार्यलयम ...

प्रलेस सुनसरीको अक्ष ...

स्रष्टाहरू र कलाकारहरू देशका गहना हैन हतियार हुन्, अङ्ग ...

धरान उपमहानगरको कार् ...

धरान / धरान–९ मा खानेपानीको चरम अभाव भई आन्द ...

धरानमा विश्वको अग्लो ...

धरान / धरानलाई धर्मिक पर्यटकीय गन्तव्यको रुपमा चिन ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved