धरान । धरान मासु व्यवसायी सङ्घले बङ्गुरको मासु २० प्रतिशतले वृद्धि गरेको जनाएको छ ।
सङ्घले बुधबारबाट लागू हुने गरी चार वर्षपछि बङ्गुरको मासुमा २० प्रतिशतले वृद्धि गरेको हो । सङ्घका अध्यक्ष मदनकुमार तामाङका अनुसार अब ३ सय ६० रुपैयाँ प्रतिकेजी हुनेछ । चारो, दानामा प्रतिकेजी २ सयप्रतिशतभन्दा बढीले वृद्धि भएपछि मूल्य बढेको हो । पाठापाठीमा पनि शतप्रतिशत मूल्य वृद्धि भएकाले पनि मासुको मूल्य बढाउनु परेको उनले बताए ।