धरान/ विश्वको दोस्रो ठूलो स्मार्टफोन उत्पादन कम्पनी हुवावेले पप–अप क्यामराजडित वाइ नाइनस प्राइम २०१९ नेपाली बजारमा भित्र्याएको छ ।
अल्ट्रा फूलभ्यू डिस्प्लेको साथमा हुवावेले नयाँ स्मार्टफोन भित्र्याएको हो । जसको बजारमा मूल्य २९ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ । कालो, निलो र हरियो रङ्गमा बजारमा उपलब्ध रहेको छ ।
पप–अप क्यामरा र एचडी डिस्प्लेमा बजेल लेस फोन सबैभन्दा सस्तो नेपालका बजारमा उपलब्ध रहेको कम्पनीले दाबी गरको छ । उच्च कार्यक्षमता, शक्तिशाली किरिन ७१० एफचिपसेट र इन्टेलिजन्ट ईएमयूआई नाइन अपरेटिङ सिस्टमजडित रहेको छ ।
यसमा फोटोग्राफी, लामो ब्याट्री लाइफ, हाई एण्ड ग्राफिक्स र आकर्षक डिजाइनहरूसहित अन्य विशेषताहरू रहेको कम्पनीले जनाएको छ ।
ट्रिपल क्यामरा सेटअप रहेको १६ एमपी, ८ एमपी र २ एमपी रियर क्यामरा सिस्टम रहेको जनाएको छ । फ्रन्ट क्यामरा सञ्चालन गर्दा सेल्फीहरू स्वतः लिने सिस्टम रहेको बताइएको छ । ४ हजार एमएएच ब्याट्री क्षमता रहेको छ ।