सुनसरी / इटहरीमा सप्तकोशी डेभलपमेन्ट बैंकको नयाँ शाखा खुलेको छ । सोमबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी डाइरेक्टर चिन्तामणी शिवाकोटीले बैकको उद्घाटन गरेका हुन् ।

इटहरीस्थित विराटनगर लाइन पश्चिममा बैंकको कार्यालय रहेको छ । इटहरीसहित १६ स्थानमा बैंकले शाखा विस्तार गरेको इटहरी बैंकका शाखा प्रमुख दिपक पोख्रेलले जानकारी दिए । कर्पोरेट कार्यालय विराटनगर रहेको सो बैंकमा केही समय अघि कावेली विकास बैंक समाहित भएको थियो । उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेल, नेपाली सेनाका प्रमुख सेनानी निराजन भण्डारीलगायत विभिन्न वित्तीय संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो । कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद निरौला र १ नम्वर प्रदेशमा ७ वटा जिल्लामा विस्तार गरेको बताए ।
बैंकले भविष्य बचत खाता, कर्मचारी तथा श्रमिक बचत खाता, मान्यवर बचत खाता, किसान बचत खाता, समाजिक सुरक्षा बचत खाता, धनलक्ष्मी बचत खातालगाय मार्फत सेवा दिदै आएको शाखा प्रमुख पोख्रेलले जानकारी दिए । नेपाल राष्ट्र बैंकमा सुचिकृत ख वर्गको सो बैंकले विराटनगर, टंकीसिनुवारी, गछिया, रंगेली, उर्लाबारी, सौंठा, केराबारी, विराटचौक इलाम, फिदिपलगायतका स्थानका शाखा विस्तार गरी सकेको छ ।

saptakoshi 2