पथरीशनिश्चरे/ साउनको पहिलो दिन बुधवार पथरीशनिश्चरेमा कुमारी बैङ्क पथरी शाखाले युवती र महिलाहरूलाई सामेल गराउँदै मेहन्दी कार्यक्रम गरेको छ ।
बैङ्कको अनुरोधमा इन्द्रेणी पार्लर पथरीकी शान्ता सुब्बाको अगुवाईमा ५ जना शिल्पीले हात हातमा मेहन्दी लगाइ दिएका हुन् । ‘धार्मिक हिसाबले साउन महिनाको महŒवलाई जोडेर मेहेन्दी लगाउने कार्यक्रम नगरमा पहिलो तथा सृजनात्मक लाग्यो ।’ मेहन्दी लगाइसकेपछि स्थानीय समाजसेवी लुमा भट्टराई खड्काले भनिन् ।
८ महिना अघि पथरीमा शाखा खुलेको बैङ्कले यो वर्षको साउनको अवसरमा केन्द्रको योजना अनुरूप अन्य शाखामा झैं मेहन्दी अभियान थालेको छ ।
‘महिला ग्राहकहरूको पर्वसँगसमेत जोडेर उहाँहरूको सम्मानमा समेत यसखाले फरक कार्यक्रम ल्याइएको हो ।’– बैङ्कका पथरी शाखा प्रबन्धक माधव खरेलले अथ्र्याए ।
साउनको पहिलो दिन बैङ्कले मेहेन्दी लगाइदिएर महिनाभरिको सुख र समृद्धिको कामना गरिएको उनले बताए । महिला ग्राहकको आकर्षण थप्न मेहेन्दी अभियान चलाउँदै आएको ‘क’ वर्गको बैंकको हालसम्म ९८ वटा शाखा, ३ वटा एक्सटेन्सन काउन्टर, ३ वटा शाखारहित बैंकिङ सेवा र ८४ वटा एटीएमस्थल रहेका छन् ।