धरान / सप्तकोशी नदीमा पानीको स्तर उच्च भई पुललाई नै खतरा भए पछि कोशी व्यारेज कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको छ ।
राती १० बजे नेपाल पक्षको अनुरोधमा भारतले सबै ढोका खुल्ला गरेको भण्डाटावारीस्थित सशस्त्र प्रहरी वलका इन्स्पेक्टर सुरेन्द्र भण्डारीले जानकारी दिए ।
राती ९ बजेको मापन अनुसार पानीका ेवहाव ३ लाख ७१ हजार एक सय १० क्यूसेक पुगेको छ । पानी निरनतर परिरहेकाले कोशीको जलस्तर बढ्दोक्रममा रहेको उनले बताए ।
कोशीको पानीको वहाव मापनको कन्ट्रोल भारतको हातमा रहेको छ । बढि ढोका खोल्दा विहारका जिल्ला ढुवानमा पर्ने भन्दैं भारतले विगत बर्षहरुमा सबै ढोका खोल्न मान्दैंन थियो । ५६ वटै ढोका खोल्न भारत तयार भएको पहिलो पटक हो ।
कोशी व्यारेजका ५६ वटै ढोका खोलियो, कोशीकाे जलस्तर उच्च
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































