धरान  / बुधबारदेखि परेको अविरल वर्षाका आएको बाढी र पहिरोले हालसम्म मृत्यु हुनेको संख्या र ४३  पुगेको छ ।

मृत्यु हुनेहरूमा ललितपुर र भोजपुरमा पाँच/पाँच जना, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ, ओखलढुंगा र काभ्रेमा तीन/ तीन जना, धादिङ, झापा, सिन्धुलीमा दुई/दुई जना रहेका छन् । यस्तै डोल्पा.पाल्पा, पर्सा, रामेछाप, इलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवनमा एक/एक जना रहेका छन् । डोल्पामा ९ जना  हराइरहकाे प्रहरीले जनाएकाे छ ।
एक हजार एक सय चार जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । बाढी पहिरोमा २० जना घाइते भएका छन् । २४ जना अझै बेपत्ता भएका छन् ।