पथरी । पथरीशनिश्चरे–२, स्थीत सुन्दर सामुदायीक वन क्षेत्रमा मृत अवस्थामा भेटिएको शवको मंगलबार पहिचान खुलेको छ ।
सडिएको अवस्थामा जंगलमा भेटिएको शव मोरङको रतुवामाई नगरपालिका वडा नम्वर–५, वस्ने ७१ वर्षीय प्रेमप्रसाद न्यौपानेको रहेको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर सुवास भट्टाराईले जानकारी दिएका छन् ।

मृतकले लगाएको कपडा, चप्पलको आधारमा उनको परिवारले राती १० बजे मंगलबारे हस्पिटलस्थित शव गृहमा पहिचान गरेको र थप कुरा पोष्टमार्टम रिपोर्टपछि आउने इप्रका पथरीले जनाएको छ । विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि उनको परिवार शवगृहमै गएर पहिचान गरेको थियो । मृतक न्यौपाने जेठ २८ गते बिहानदेखि मोवाइल घरमै छोडेर सम्र्पक विहीन भएको परिवारले बताएका छन् । मंगलबार शव पोष्टमाटम गरी परिवारले बुझि सकेको इस्पेक्टर भट्टराईले बताए ।