पथरी / पथरीको जंगलमा एक व्यक्तिको शव फेला परेको छ । सोमबार पथरीशनिश्चरे नगरपालिका –२, स्थित सुन्दर सामुदायिक वनमा अन्दाजी ४५र५० बर्षीय पुरुषको शव फेला परेको हो । रातो टिसर्ट र पेन्ट आधाभाग खोलिएको र आर्यन मुलको जस्तो देखिने सडिएको अवस्थामा शव भेटिएकोले पहिचान हुन नसकेको इन्स्पेक्टर सुवास भट्टराईले बताए । शवलाई जंगल जाने क्रममा स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए । पथरी क्षेत्रमा यस अघि पनि सडिएको अवस्थामा शवहरु भेटिएको प्रहरीको तथ्याङ्कमा धेरै रहेको छ ।
यस अघि पथरीमा आधा दर्जन हत्याका घट्ना भएका छन् । घट्नाको दोषी पत्तालगाउन प्रहरी असफल भएको छ ।