धरान / धरानका ८ र १५ वडामा डेंगुको महामारी फैलिए पछि धरान उपमहानगरपालिका वडा नं. १८ मा जनप्रतिनीधिहरुको व्यक्तिगत खर्चमा मास परिचालन तथा जनचेतना कार्यक्रम संचालन गरेका छन् ।
वडा अध्यक्ष प्रविणको नेतृत्वमा एक सातादेखि फिनेल, मटितेल खरिद गरि वडाका ३३९ वटै घरधुरीमा पुगेर डेंगुका लार्भा, प्युपा र लामखुट्टे मार्ने अभियान गरिएको हो ।
नगरको बजेट आउन समय लाग्ने भएको तर महामारीले विकराल रुप लिने भए पछि ५ जना वडाका जनप्रतिनीतिहरुसँग छलफल गरेर अभियान चलाइएको वडा अध्यक्ष प्रविणकुमार राई(नरेन्द्र)ले जानकारी दिए ।
करिव ३० हजार लगानी गरेर ३० लिटर मटितेल, ३० बोतल फिनेल, डेंगुबारेको जनचेतनामुलक ५ हजार प्रर्चा छापेर टोल सुधार समितिका पदाधिकारी, संघ संस्थाका प्रतिनीधिलगायतका टोली घरघरमाा पुगेर जनचेतना जगाउने काम भएको अध्यक्ष राईले जानकारी दिए ।
नगरपालिकाबाट अभियान संचालन गर्नका लागि बजेटसहितको निर्देशन ढिलो भए पछि आफनै लगानीमा अभियान संचालन गरेको अध्यक्ष राईले जानकारी दिए । धरानमा हालसम्म २८१ जनालाई डेंगुको संक्रामण भएको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साहले जानकारी दिए ।

































