धरान / डेंगु विरुद्धको अभियान संचालन गर्न धरान उपमहानगरपालिकाले बुधबार निकालेको ¥याली नाममात्रको जनचेतनामुलक ¥याली भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर निकालेको डेंगु विरुद्धको ¥यालीमा उपमहानगरपालिकाले औपचारिकता मात्र पुरा गरेको जस्तो देखिएको छ ।
गत बैशाख ३१ गतेदेखि जेठ २२ गते (आज) सम्ममा डेंगबाट २ सय बढी संक्रमित भइसकेका छन् । डेंगु प्रकोप नियन्त्रणकालागि चिकित्सकहरुले पटक पटक वृहत जनपरिचालन गर्न सुझाव दिएका थिए । चिकित्सकसहितको ¥यापिड रेस्पोन्स टिमले धरानका घरघरमा डेंगु संक्रमित एडिस एजिप्टाई जातको पोथी लाम्खुट्टेको अण्डा, लार्भा र प्यूपा करोडौंको संख्यामा भेटिएको जानकारी दिदै ती अण्डा, लार्भा र प्यूपा नस्ट गर्न वृहत जनपरिचालन गर्नु पर्नेमा जोड दिदै आएको छ ।
वृहत जनपरिचालन गर्ने भन्दा भन्दै एकसाता वितेपछि उपमहानरपालिकाले दुई अढाइसय जना भेला गरेर डेंगु नियन्त्रणकालागि लार्भा प्यूपा नस्ट गर्न घरदैलो अभियानको व्यानरमा ¥याली निकालेको हो । प्री–मन्सुनमा देखिएको डेंगु मनसुन सुरु भएपछि झन प्रकोप बढेर महामारी हुनसक्ने चेतावनी चिकित्सकहरुले दिएपनि उपमहानगरपालिकाले जनप्रनिधिहरुलाई अभियानमा स्वस्फूर्तरुपमा सहभागी गराउन नसकेको देखिएपछि झन चिन्ता बढेको छ ।
डेंगु विरुद्ध अभियान उपमहानगरपालिका र जनप्रनिधिले ‘सेन्सेटाइजेसन’ गर्न नसकेको ¥यापिड रेस्पोन्स टिमका सदस्य तथा वीपी प्रतिष्ठानका सामान्य प्रशासन महाशाखाका बरिष्ठ सहायक अधिकृत महेश्वर राईले बताए । उनले भने, ‘डेंगुले महामारीको रुप लिन थालेको छ । यति समय वितिसक्दा उपमहानगरपालिकाले १० जनाभन्दा बढी सदस्यको टोलीहरु बनाएर कम्तिमा ५०÷६० वटा टोली धरानभरी परिचालन गर्नु पथ्र्यो । तर के मा के नमिलेर हो सकेको छैन । अव विहिबार तिर हेरौं कति टोली हुन्छन् ।’
उपमहानगरपालिकाले बुधबार मात्र डेंगु विरुद्ध माइकिङ गरेको थियो । उक्त माइकिङ कतिपयले राम्ररी नबुझेकाले रातीको समयमा पनि गर्नु पर्ने स्थानीय बासिन्दाहरुले आगैह गरको छन् । धरानमा सवैभन्दा पहिले डेंगु विरुद्ध पर्चा पम्पलेट धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले व्यक्तिगतरुपमा निकालेर आफै वितरण गर्दै हिडेका थिए । वडाध्यक्ष भट्टराईले गरेजस्तै सवै जनप्रतिनिधिहरुले घरघरमा पुगेर स्थानिय समुदायलाई सचेत गराउन ढिला भएको राईले बताए । भोट माग्न घरघर पुग्न सक्ने जनप्रतिनिधिहरु डेंगुको नियन्त्रण गर्न घरघर पुगन किन कन्जूस्याइ गरिरहेको भन्दैं स्थानीयले आलोचना गरेका छन् ।
¥यापिड रेस्पोन्स टिमले जनचेतनामुलक ¥यालीसंगै सडक किनारमा भएको मोटरसाइकल वर्कसप तथा ग्यारेजहरुमा निरिक्षण गर्दा त्यहा राखिएका टायरमा जम्मा भएको पानीमा एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको अण्डा, लार्भा भेटिएको टिमका संयोजक डा.विजयकुमार खनालले बताए । कार्यवाहक प्रमुख मन्जु भण्डारी सुवेदीले विहिबारदेखि सवै वडामा वृहत जनपरिचालन गर्ने बताइन् । उनले भनिन्, ‘आज (बुधबार) जनचेतनामुलक ¥याली निकालियो । अन्य केही वडामा जन परिचालन भएका छन् । विहिबारदेखि एकसाथ जनपरिचालन हुने छ ।’
यसैवीच प्रदेश १ का संसदीय समिति पनि धरानमा फैलिएको डेंगु प्रकोपप्रति चिन्ता जनाउदै विहिबार धरानमा निरिक्षण र सहयोगका लागि आउने बताइएको छ । कार्यवाहक प्रमुख भण्डारीले संघीय सरकारसंग डेंगु नियन्त्रणका लागि सहयोग मागे पनि हालसम्म चासो दिएको जानकारीमा आएको छैन । यसअघि तीनदिन अघिमात्र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा.समीरकुमार अधिकारीले धरानको अवस्था बुझेर फर्केका थिए ।