धरान /  डेंगु महामारी नियन्त्रणका लागि धरान उपमाहानगरले आजदेखि जनपरिचालन अभियान शुरु गरेको छ ।

डेंगु नियन्त्रण गर्नका लागि घरघरमा गएर पानीमा बसेको लामखेट्टेका अण्डा लार्भा नष्ट गनुृ पर्ने चिकित्कहरुको सुझाव आए पछि ढिलो गरेर उपमहानगरले मास परिचालनको लागि जनप्रतिनीधि परिचालन गरेको हो ।
बुधबार बिहानै जनचेतनामुलक माईकिङ सहितको ¥याली निकालेको थियो । ¥यालीमा कार्यबहाक मेयर मञ्जे भण्डारी, सुनसरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवकुमार खड्का, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न वडा कार्यालय, संघसंस्था र विद्यालयहरुको सहभागिता रहेको थियो । प्रत्येक वडा कार्यालयहरुले वडामा पनि जनपरिचालन गरेर लामखुट्टेको अण्डा र लार्भा मार्ने अभियान शुरु गरेको कार्यवाहक मेयर मञ्जु भण्डारीले जानकारी दिएकी छन् ।
धरानमा बैशाख ३१ गतेदेखि देखिएको डेंगुका विरामीको संख्या १७६ पुगेको छ । मनसुनमा शुरु अगावै देखिएको प्रकोप नियन्त्रणमा नआए मनसुन पछि थप महामारीको रुप लिने भएकाले यसको नियन्त्रणका लागि राज्यका सबै संयन्त्रण लाग्नु पर्ने ¥यापिड रेस्पोन्स टिमको संयोजक तथा धरानस्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानका डा. विजयकुमार खनालले बताए ।