धरान । न्यूरो हस्पिटल विराटनगरका वरिष्ठ न्यूरोसर्जन डा.यामबहादुर रोकाको कविता सङ्ग्रह ‘१०८ कविता’ विमोचन भएको छ ।
काठमाडौंस्थित लेखन कुञ्जमा आयोजित विमोचन समारोहमा डा.रोकाकी आमा मनकुमारी रोकाद्वारा विमोचित सङ्ग्रहबारे लेखकहरूले चर्चा गरेका थिए । सङ्ग्रहमा १०८ वटा कविता रहेका छन् । कार्यक्रममा बोल्दै डा.रोकाले सङ्ग्रह बिक्रीबाट आउने सम्पूर्ण रकम आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्ने बताए ।