टाइफाइडलाई आन्तरिक ज्वरो वा म्यादी ज्वरो
मौसम परिवर्तनसँगै टाइफाइडको सङ्क्रमण धेरै देखिने गर्छ । टाइफाइडलाई आन्तरिक ज्वरो वा म्यादी ज्वरो पनि भनिन्छ । टाइफाइड सामान्यतया रोगीको दिसाबाट प्रदूषित खाना तथा पानीको माध्यमबाट सर्ने गर्दछ । असुरक्षित खाना र फोहोर पानीमा पाइने सालमोनेलाटाइफी ब्याक्टेरियाका कारण टाइफाइड लाग्छ । टाइफाइड ज्वरो साल्मोनेला टाइफी प्रजातिको ब्याक्टेरियाको सङ्क्रमणका कारणले  गर्दछ । टाइफाइडको प्रमुख कारण साल्मोनोला टाइफी नामको ब्याक्टेरियम हो । यो ब्याक्टेरियम मानिसको आन्द्रा तथा रगतमा बसेर बढ्ने गर्दछ । व्यक्तिगत तथा वातावरणीय सरसफाइको अभावसँगै यसको सङ्क्रमणको जोखिम बढ्ने गर्दछ ।
 
टाइफाइड लक्षणहरूः
सङ्क्रमणको ६ देखि ३० दिनपछि देखिने यसका लक्षणहरू मन्ददेखि गम्भीर प्रकृतिका हुने गर्दछन् । टाइफाइड लागेको बेलामा प्रायःजसो बिस्तारै बढ्दै जाने खालको उच्च ज्वरो देखिने गर्दछ । त्यस्तै कमजोरी हुने, पेट दुख्ने, कब्जियत हुने तथा टाउको दुख्नेजस्ता लक्षणहरू पनि देखिने गर्दछन् । सामान्यतः यस्तो बेलामा पखाला लाग्दैन र वान्ता भए पनि कुनै गम्भीर लक्षण देखिँदैन । 
 
टाइफाइडका केही रोगीहरूको छालामा गुलाबी रङ्गको दाग देखापर्ने गर्दछ । गम्भीर खालको टाइफाइड लागेको बेलामा बिरामीहरू दिग्भ्रमित हुने गरेको पनि पाइन्छ । यदि टाइफाइडको बेलैमा उपचार गरिएन भने यसका लक्षणहरू केही हप्ता वा महिनौंसम्म पनि देखिन सक्छन् । मानिसले कुनै लक्षणहरू नदेखाइकन पनि यो रोग शरीरमा धारण गर्न सक्छन् । यस्तो बेलामा पनि उनीहरूबाट अन्य मानिसहरूमा टाइफाइड सर्न सक्छ । टाइफाइड पाराटाइफाइड ज्वरोसँग आउने आन्द्रासम्बन्धी रोग हो ।
 
टाइफाइडको पहिचानः
टाइफाइडको पहिचानको लागि ब्याक्टेरियालाई प्रयोगशालामा कल्चर गर्ने वा रगत, दिसा वा हाडमासीमा ब्याक्टेरियाको डिएनए पहिचान गर्ने गरिन्छ । यो ब्याक्टेरियम कल्चर गर्न गाह्रो हुन सक्छ भने हाडमासीमा गरिने परीक्षण सबैभन्दा सही नतिजा निकाल्ने हुन्छ । यसका लक्षणहरू अन्य धेरै सङ्क्रामक रोगहरूका लक्षणहरूसँग मिल्ने खालका हुन्छन् ।
 
टाइफाइडको खोपः
टाइफाइडविरुद्धको खोप लगाएर दुई वर्षसम्म ३० देखि ७० प्रतिशत रोग लाग्नबाट बचाउन सकिन्छ । यो खोपको केही प्रभावकारिता सात वर्षसम्म रहुन्छ । टाइफाइडको उच्च जोखिममा रहेकाहरू वा प्रकोप रहेका स्थानहरूमा भ्रमणका लागि जानुभन्दा पहिला यो खोप लगाउन सुझाव दिइन्छ ।
 
टाइफाइडबाट बच्न के गर्ने ?
टाइफाइडको रोगबाट बच्न सफा खानेपानीको व्यवस्था हुनुपर्छ । सरसफाइ र साबुन पानीले राम्रोसँग हातधुनेजस्ता कुराहरूमा ध्यान दिनु जरुरी हुन्छ । यदि कसैलाई टाइफाइड लागेको छ भने उसको सङ्क्रमण हटेको स्पष्ट रूपमा प्रमाणित नभइञ्जेलसम्म उसलाई अन्य मानिसको लागि खाना तयार पार्ने काम दिनु हुँदैन ।
 
टाइफाइडको उपचारः 
टाइफाइडको उपचारका लागि एजिथ्रोमाइसिन, फ्लुरोक्विनोलोन वा तेस्रो पुस्ताको सेफालोस्पिरिन जस्ता एन्टिबायोटिक औषधिहरूको प्रयोग गरिन्छ ।
 
उप–प्राध्यापक एवम् बालरोग विशेषज्ञ, 
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान