जङ्घार तर्छु भन्नेहरुले
लुगलुग खुट्टा कमाउनु हुँदैन
लडाइ“को मैदानमा सिपाहीले
सरजामको भारी बिसाउनु हुँदैन ।
।।।।
हुतिहाराहरु मात्र
जङ्घार देखेर तर्सन्छन्
कायर सिपाहीहरुमात्र
मैदान छोडी फर्कन्छन् ।
।।।।
प्रकृतिको वरदान हो जीवन
जन्मेपछि एकदिन मर्नैपर्छ
जत्रोसुकै आओस भेलवाढी
चिताएपछि जङ्घार तर्नैपर्छ ।
।।।।
एउटा जोदाहासँग मृत्यु
प्रत्येक पल्ट हारेको छ
विषाद र क्षोभलाई जितेर
उसले हजारौं बाजी मारेको छ ।